LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

काठमाडौं : तीजको अवसर पारेर भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ‘हिट’को ट्याग पाएसँगै निर्माताले सिक्वेल निर्माणको घोषणा गरेका छन् । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ ।

अभिनेता दयाहाङ राईले निर्वाह गरेको ‘पासाङ’ पात्र केही समयपछि गाउँ फर्किने कथामा सिक्वेल बन्ने निर्देशक लामाले जानकारी गराए । उनले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले फिल्मको कथा जहाँनिर टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो भयो र हामीले दुई भागमै बनाउने सोच्यौं । सिक्वेल एक वर्षपछि बन्छ ।’

जरी (शिशिर वाङ्देल)को आतंकबाट वाक्क भएपछि गाउँलेहरुले काठमाडौं गएर पासाङलाई गाउँमा फर्काउने र जरीको खराब गतिविधिलाई रोक्न पासाङ संघर्षमा होमिएको कथामा सिक्वेल बन्ने निर्देशक लामाले स्पष्ट पारेका छन् । ‘नाङ्गो गाउँ २’अघि निर्माता कडरियाकै निर्माणमा उनले एउटा कमेडी फिल्म बनाउँदैछ । तिहारपछि छायांकनमा जाने फिल्ममा निर्देशक लामाकै लेखन छ ।

निर्माता कडरियाले दर्शकहरुकै मागअनुसार सिक्वेल निर्माण गर्न लागेको बताएका छन् । ‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गर्दै सिक्वेलको माग गर्नुभयो,’ उनले भने, ‘छायांकनकै दौरानमा हामीले दोस्रो भागको परिकल्पना गरिसकेका थियौं । अहिले दोस्रो भागको माग आएकाले हामी यसको योजनामा अगाडि बढेका हौं ।’ फिल्ममा ‘नाङ्गो गाउँ’कै स्टारकास्ट दोहोरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय