LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

काठमाडौं : तीजको अवसर पारेर भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ‘हिट’को ट्याग पाएसँगै निर्माताले सिक्वेल निर्माणको घोषणा गरेका छन् । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ ।

अभिनेता दयाहाङ राईले निर्वाह गरेको ‘पासाङ’ पात्र केही समयपछि गाउँ फर्किने कथामा सिक्वेल बन्ने निर्देशक लामाले जानकारी गराए । उनले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले फिल्मको कथा जहाँनिर टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो भयो र हामीले दुई भागमै बनाउने सोच्यौं । सिक्वेल एक वर्षपछि बन्छ ।’

जरी (शिशिर वाङ्देल)को आतंकबाट वाक्क भएपछि गाउँलेहरुले काठमाडौं गएर पासाङलाई गाउँमा फर्काउने र जरीको खराब गतिविधिलाई रोक्न पासाङ संघर्षमा होमिएको कथामा सिक्वेल बन्ने निर्देशक लामाले स्पष्ट पारेका छन् । ‘नाङ्गो गाउँ २’अघि निर्माता कडरियाकै निर्माणमा उनले एउटा कमेडी फिल्म बनाउँदैछ । तिहारपछि छायांकनमा जाने फिल्ममा निर्देशक लामाकै लेखन छ ।

निर्माता कडरियाले दर्शकहरुकै मागअनुसार सिक्वेल निर्माण गर्न लागेको बताएका छन् । ‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गर्दै सिक्वेलको माग गर्नुभयो,’ उनले भने, ‘छायांकनकै दौरानमा हामीले दोस्रो भागको परिकल्पना गरिसकेका थियौं । अहिले दोस्रो भागको माग आएकाले हामी यसको योजनामा अगाडि बढेका हौं ।’ फिल्ममा ‘नाङ्गो गाउँ’कै स्टारकास्ट दोहोरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय