LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

पर्वतका मुकेश पौडेल ज्ञान प्राप्तिको लागि भन्दै रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको कोठी जंगलमा विगत ३ दिनदेखि निराहार तपस्यामा बसेका छन ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका ६ शिवालय चोकका मुकेश पौडेलले कोठी जंगलको बीच भागमा ठूलो रुख मुनी बसेर तपस्या सुरु गरेको दावी गरेका हुन ।
मुकेशले २० बर्ष अमेरिका बसेर स्वदेश फर्किएपछि गत बर्षदेखि विभिन्न जंगलमा तपस्या गर्दै आएको बताए ।
मुकेश दुई बर्षअघि चितवनको रामनगर जंगलमा एक महिना तपस्या बसेको पर्वतबाट उनका भाईले बताए ।
पछिल्लोपटक मुकेशले घरबाट ध्यान गर्न हिँडेको बताएको उनका भाईले फोनमार्फत शुक्रवार साझा टेलिभिजनलाई जानकारी दिएका छन ।
घर परिवारले जंगलमा भन्दा देवघाटमा गएर बस्न सल्लाह दिएपनि मुकेशले आफूलाई ध्यान बस्न समस्या हुन्छ भन्दै विभिन्न जंगलमा ध्यान बस्दै आएको बताए ।
पहिलेपनि जंगल गएर बस्ने र घर परिवारले मुकेशलाई घर फिर्ता ल्याउने क्रम चलिरहेको अवस्थामा मुकेश पछिल्लोपटक शुक्रवार कोठी जंगलमा फेला परेका हुन ।
शुक्रबार सैनामैनाका संचारकर्मी, प्रहरी लगायत स्थानीय जनप्रतिनिधि कोठी जंगल पुग्दा मुकेश ध्यान गरेरै बसिरहेको भेटिएका थिए । उनले विगत तीन दिनदेखि जंगलमा ध्यान गरेर बसेको बताए । विगत तीन दिनदेखि उनले पानी पनि नखाएर तपस्या बसेको बताए ।
उनले ज्ञान प्राप्तिका लागि आफू यस स्थानमा आएको बताउँदै ध्यान बसिरहेको यो स्थानलाई शान्तिमय बनाईदिन सैनामैनाबाट गएको टोलीसंग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय