LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

रुपन्देहीको कञ्चन गाउँपालिकामा माघ २६ देखि सुरु भएको छैठौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
प्रतियोगितामा माध्यमिक बिद्यालयतर्फ प्रगति माविले १७ स्वर्ण, १० रजत र ७ कास्य गरि कूल ३४ पदक जित्दै प्रथम भएको छ । प्रगति माध्यमिक बिद्यालयले यसपटक सवैभन्दा बढी पदक जितेका कारण शिल्ड लैजान सफल भएको छ । प्रगतीले गत बर्षपनि प्रतियोगिताको उपाधी उचाल्दै शिल्ड लैजान सफल भएको थियो ।
त्यसैगरि लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय ८ स्वर्ण, ९ रजत र १० कास्य गरि कूल २७ पदक जित्दै दोश्रो हुन सफल भएको छ । त्यसैगरि बुद्धदिप इङलिश बोर्डिङ स्कुल ५ स्वर्ण, ४ रजत र ९ कास्य गरि कूल १८ पदक जित्दै तेश्रो तथा हरैया माध्यमिक बिद्यालयले ५ स्वर्ण, ३ रजत र ५ कास्य गरि १३ पदक जित्दै चौथो हुन सफल भएको छ ।

 


स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलुकद भन्ने नाराका साथ कञ्चन गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको खेलकुद प्रतियोगितमा ३० विद्यालयका खेलाडीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरि आधारभूत तहतर्फ बालकल्याण आधारभूत बिद्यालयले ४ स्वर्ण र एक रजत गरि ५ पदक जित्दै प्रथम भएको छ भने क्रियटिभ इङलिश स्कुलले तीन स्वर्ण, एक रजत र तीन कास्य जित्दै दोश्रो भएको छ । त्यसैगरी हिमालय आधारभूत बिद्यालयले दुई स्वर्ण जित्दै तेश्रो भएको हो ।


खेलकुद प्रतियोगिताको समापनका अवसरमा बिजयी खेलाडी तथा विदार्थीहरुलाई पुरस्कार, शिल्ड र मेडल तथा प्रमाणपत्र बितरण गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले छैठौं राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगिता समापनसंगै फागुन ३ देखि अर्को जिल्लास्तरीय खेलकुद प्रतियोगिता पनि कञ्चनमै हुने भएकोले उक्त प्रतियोगितामा भाग लिन खेलाडीहरुलाई अनुरोध गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

चार दिन भएको प्रतियोगितामा कञ्चनका सामुदायिक र संस्थागत गरी करिव ३० विद्यालयका १२ सय बढी विद्यार्थीले १६२ पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगर र शिक्षा शाखा प्रमुख रमेश भुसाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय