LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

रुपन्देहीको कञ्चन गाउँपालिकाले शिक्षाको गुणस्तर प्रभावकारी बनाउँदै सिकाईलाई उत्कृष्ट बनाउन कसरी सकिन्छ भन्ने बिषयमा कञ्चनका सामुदायिक तथा संस्थागत विद्यालयहरुसंग समीक्षात्मक छलफल गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकामा रहेका सामुदायिक विद्यायका प्रअ तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालयहरुको राम्रो सिकाईका अभ्यासलाई एक अर्कामा जानकारी दिने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले नर्सरीदेखि कक्षा १२ सम्मको पढाईमा विद्यार्थीहरुले कस्तो नतिजा ल्याएका छन, उनीहरुको सिकाईको अभ्यास कसरी अघि बढेको छ, आगामी दिनमा कुन ढंगले सिकाईलाई प्रवद्र्धन गर्ने भन्ने सुझाव समेत आउने भएकोले कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कञ्चनको शिक्षालाई देशकै नमूना बनाउने गरि अभियान चलाएको समेत बताउनु भयो ।

कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले कञ्चन गाउँपालिकाले कञ्चनको शिक्षाको गुणस्तर सुधारमा धेरै अघिदेखि नै ध्यान दिदै आएको कारण एसइईमा रुपन्देही जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा पनि एसईईको नतिजालाई ध्यानमा दिएर सिकाईलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले विगतको एसइईको नतिजाको तुलना गर्दै आगामी नतिजा सुधारमा जोड दिनुपर्ने गरि सामुदायिक र संस्थागत विद्यालयहरुसंग समीक्षात्मक कार्यक्रम गरेको उल्लेख गर्नुभयो ।

दुई दिनसम्म भएको समीक्षात्मक कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले सिकाईको गुणस्तर सुधार गर्न सकेमा कञ्चनले शिक्षामा राम्रो नतिजा दिने र जिल्लामै कञ्चन गाउँपालिका शैक्षिक हबको रुपमा विकास हुने धारणा राखेका थिए । कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर र प्रमुख प्रशासकीय अधिकृत सागर गौतमको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय