LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको कञ्चन गाउँपालिकाले शिक्षाको गुणस्तर प्रभावकारी बनाउँदै सिकाईलाई उत्कृष्ट बनाउन कसरी सकिन्छ भन्ने बिषयमा कञ्चनका सामुदायिक तथा संस्थागत विद्यालयहरुसंग समीक्षात्मक छलफल गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकामा रहेका सामुदायिक विद्यायका प्रअ तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालयहरुको राम्रो सिकाईका अभ्यासलाई एक अर्कामा जानकारी दिने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।समीक्षा कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले नर्सरीदेखि कक्षा १२ सम्मको पढाईमा विद्यार्थीहरुले कस्तो नतिजा ल्याएका छन, उनीहरुको सिकाईको अभ्यास कसरी अघि बढेको छ, आगामी दिनमा कुन ढंगले सिकाईलाई प्रवद्र्धन गर्ने भन्ने सुझाव समेत आउने भएकोले कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कञ्चनको शिक्षालाई देशकै नमूना बनाउने गरि अभियान चलाएको समेत बताउनु भयो ।

कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले कञ्चन गाउँपालिकाले कञ्चनको शिक्षाको गुणस्तर सुधारमा धेरै अघिदेखि नै ध्यान दिदै आएको कारण एसइईमा रुपन्देही जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा पनि एसईईको नतिजालाई ध्यानमा दिएर सिकाईलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले विगतको एसइईको नतिजाको तुलना गर्दै आगामी नतिजा सुधारमा जोड दिनुपर्ने गरि सामुदायिक र संस्थागत विद्यालयहरुसंग समीक्षात्मक कार्यक्रम गरेको उल्लेख गर्नुभयो ।

दुई दिनसम्म भएको समीक्षात्मक कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले सिकाईको गुणस्तर सुधार गर्न सकेमा कञ्चनले शिक्षामा राम्रो नतिजा दिने र जिल्लामै कञ्चन गाउँपालिका शैक्षिक हबको रुपमा विकास हुने धारणा राखेका थिए । कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर र प्रमुख प्रशासकीय अधिकृत सागर गौतमको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय