LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कार्तिक ७, काठमाण्डौ
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ ।

यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ । सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा यस प्रणालीको विकास क्रमबारे निगरानी भइरहेको छ । प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय