LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा खेल सप्ताह बुधबार सम्पन्न भएको छ । सातौँ राष्ट्रपति रनिङशील्ड तथा खेल सप्ताह प्रतियोगिताको उपाधी सालझण्डीमा रहेको पशुपति माविले जितेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको पर्रोहा माविको खेल मैदानमा यही माघ ४ गतेबाट सुरु भएको प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच समापन भएको हो ।
राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने पशुपति माविले १९ स्वर्ण, १५ रजत र ९ कास्य पदक जित्न सफल भएको छ ।
त्यस्तै दोस्रो स्थान प्राप्त गर्न सफल रामापुर माविले १४ स्वर्ण ७ रजत र ५ काश्य प्राप्त गरेको छ ।
प्रतियोगिताको तेस्रो स्थान हासिल गर्न सफल पर्रोहा माध्यमिक विद्यालय मुर्गियाले नौ स्वर्ण, ८ रजत र १० काश्य पदक प्राप्त गर्न सफल भएको छ ।
पशुपति माविले तेस्रोपटक राष्ट्रपति गोल्डकप प्रतियोगिताको उपाधि चम्न सफल भएको हो ।
सैनामैना नगर खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितमा सैनामैनाका करिव ३० वटा विद्यालयका २५ सय विद्यार्थीहरुले भाग लिएका थिए ।
सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको खेलकुद क्षेत्रको विकास गर्न नगरपालिकाले कुनै कमी आउन नदिने प्रतिवद्धता जनाउनु भएको थियो ।
विजयी खेलाडी तथा विद्यालयहरुलाई सैनामैना नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, निवर्तमान प्रमुख चित्रबहादुर कार्की तथा नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठ लगायतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय