LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा खेल सप्ताह बुधबार सम्पन्न भएको छ । सातौँ राष्ट्रपति रनिङशील्ड तथा खेल सप्ताह प्रतियोगिताको उपाधी सालझण्डीमा रहेको पशुपति माविले जितेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको पर्रोहा माविको खेल मैदानमा यही माघ ४ गतेबाट सुरु भएको प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच समापन भएको हो ।
राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने पशुपति माविले १९ स्वर्ण, १५ रजत र ९ कास्य पदक जित्न सफल भएको छ ।
त्यस्तै दोस्रो स्थान प्राप्त गर्न सफल रामापुर माविले १४ स्वर्ण ७ रजत र ५ काश्य प्राप्त गरेको छ ।
प्रतियोगिताको तेस्रो स्थान हासिल गर्न सफल पर्रोहा माध्यमिक विद्यालय मुर्गियाले नौ स्वर्ण, ८ रजत र १० काश्य पदक प्राप्त गर्न सफल भएको छ ।
पशुपति माविले तेस्रोपटक राष्ट्रपति गोल्डकप प्रतियोगिताको उपाधि चम्न सफल भएको हो ।
सैनामैना नगर खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितमा सैनामैनाका करिव ३० वटा विद्यालयका २५ सय विद्यार्थीहरुले भाग लिएका थिए ।
सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको खेलकुद क्षेत्रको विकास गर्न नगरपालिकाले कुनै कमी आउन नदिने प्रतिवद्धता जनाउनु भएको थियो ।
विजयी खेलाडी तथा विद्यालयहरुलाई सैनामैना नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, निवर्तमान प्रमुख चित्रबहादुर कार्की तथा नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठ लगायतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय