LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

११ कार्तिक ।

थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको रोहबरमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा राहत सामग्री हस्तान्तरण गरिएको हो।

सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो।

तीनवटा केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी चामल, १ हजार १०५ किलो दाल, २ हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलोभन्दा बढी लसुन, २०२ किलोभन्दा बढी बेसार, २२ किलोभन्दा बढी खुर्सानी, ३५ किलोभन्दा बढी गहुँ र ४० किलो पिठो संकलन गरिएको छ। यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायत खाद्य सामग्रीसमेत संकलन गरिएको थियो।

संकलित राहत सामग्री सभाका क्षेत्र नम्बर १ का सभापति गोकुलप्रसाद चौधरीले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी ‘कृष्ण’ लाई हस्तान्तरण गर्नुभएको हो।

विपद् प्रभावित नागरिकलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पुर्‍याउन रेडक्रसमार्फत सहयोग गरिएको र त्यसका लागि रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय