LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल, २२ असोज । भारतीय रियालिटी शो ईडिन्यन आईडल बिजेता प्रसिद्ध कलाकार रिट्टो रिवा आगामी असोज २६ गते शुक्रबार एक सांगितिक कार्यक्रमका लागि बुटवल आउने भएका छन् । बुटवल उपमहानगर वडा नम्बर ९ कालिका पथस्थित प्लान–बि क्लवको आयोजनामा हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिन चर्चित कलाकार ईन्डियन आईडल रीट्टो रीवा बुटवल आउन लागेका हुन । सांगितिक प्रस्तुतीका लागि रीट्टो रीवासहित ८ जना कलाकार आउने प्लान–बि क्लवले जनाएको छ ।
करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवको सभाहलमा आगामी असोज २६ गते शुक्रबार साँझ ८ बजेदेखि राती १ बजेसम्म संचालन हुने सांगितिक कार्यक्रममा ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिनेछन् । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजित एवं ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिने कार्यक्रमका लागि आवश्यक तयारी पुरा भएको आयोजक प्लान–बि क्लवका संचालक कमल रानाले बताएका छन् ।
खासगरि भारतिय ग्राहकहरुलाई आकर्षित गर्ने र यसक्षेत्रको पर्यटन प्रबद्र्धन गरि आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले भारतबाट उच्चस्तरिय कलाकार बोलाईएको संचालक रानाले बताए । संचालक रानाले भने— हाम्रो मुख्य उद्देश्य यसक्षेत्रको ब्यापार ब्यबसायलाई गुल्जार बनाउन पर्यटन प्रबद्र्धनमार्फत आर्थिक बिकास गर्ने हो, मुख्यतयाः धनाढ्य बर्गका भारतिय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरि मनोरन्जन गराउने हो ।
रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः अरुबेलामा प्रबेश शुल्क ५ सय रहेको प्लान–बि क्लवमा आगामी शुक्रबारका लागि रु १ हजार र १ हजार ५ सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष शुरेशकुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने–प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको उचित प्रबन्ध मिलाएका छौं । हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ र स्थानिय पालीका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भैरहेको छ ।
सात जना स्थानिय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा संचालनमा आएको आधुनिक र सुबिधायुक्त प्लान–बि क्लवले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लवका शेयर सदस्य जिवन काफ्लेले बताए । काफ्लेका अनुसार तिन महिनाअघि गत असार २३ गतेदेखि संचालनमा आएको सो क्लवमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष रहेको छ ।
दिनभर ब्यापार ब्यबसायमा ब्यस्त हुने र बाहिरबाट भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई अन्तराष्ट्रिय स्तरको मनोरन्जन दिने मुल लक्ष रहेको काफ्लेले बताए । उक्त क्लवमा अध्यक्ष श्रेष्ठ, संचालक राना र काफ्लेसहित मुकेश राना, रन्जन शाक्य, तेजबहादुर थापा र शिव थापाको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय