LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो ।

जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३र३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २र२ विकेट लिए ।

त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी ६० बलमा १०० रन बनाएर आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३र३ विकेट लिए ।

मलेसियामा आज बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।

समूह ुएु मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह ुबीु मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ुसीु मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह डीु मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय