LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

काठमाण्डौ – कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा ‘नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने’ र बन्दीहरूलाई ‘सबै कन्सुलर र कानूनी सहयोग विस्तार’ जारी राख्ने बताएको छ ।

‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,’ बिहीवार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।’

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने त्यस कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन ।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन । ‘यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानूनी विकल्पहरूको खोजी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन् । उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेका छन् । उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो ।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला मा गिरफ्तार गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय