दिनेश खनाल
आइसिसी टी २० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।



समूह ुएु मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
नेपाल सेमिफाइनल गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का गर्यो। नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए।
अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मलेसियाले दिएको १६६ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
यो नेपालले टी(२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो।
नेपालको जितमा कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ६५ रनको योगदान गर्ने क्रममा ३४ बलमा २ चौका र ७ छक्का प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।




