LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीका स्थानीय पालिकाहरुको कात्तिक महिनाको घुम्ती बैठक शुद्धोधन गाउँपालिकाको सभाहलमा बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा हुदै आएको यो नवौं घुम्ती बैठक हो । जनप्रतिनिधिहरुले काम गर्दा आईपर्ने समस्या र समाधानको बिषयमा मात्रै नभै नयाँ नयाँ योजना र कार्यक्रमका बिषयमा समेत घुम्ती वैठकमा छलफल हुने गरेको छ ।

घुम्ती बैठकमा पालि

काका जनप्रतिनिधिहरुले काम गर्दा आईपर्ने समस्या र समाधानका बिषयमा छलफल गरिने गर्दछ । यस्तै घुम्ती बैठक बुधवार रुपन्देहीको शुद्धोधन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।


बैठकमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रुपन्देहीका पालिकाहरुले आ–आफ्नो अलग अलग पहिचान दिन सके त्यो बाहिरबाट हेर्दा पनि राम्रो र प्रभावकारी हुने भएकोले सवै पालिकाहरुले आ–आफ्नो पालिकाको आ– आफ्नै मौलिकता दिनेतर्फ अब पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सडक मानव मुक्त गर्न सैनामैना नगरपालिकाले धेरै पहिलेदेखि नै सहयोग गर्दै आएको बताउँदै अवपनि सैनामैनालाई सडक मानवमुक्त गर्न सहयोग गर्ने बताउनु भयो । उहाँले अव सडकमा छाडारुपमा छोडिएको कुकुरहरुको व्यवस्थापन गर्न अत्यन्त जरुरी रहेको भन्दै छाडा कुुकुरले टोकेका कारण दैनिक २४ –२५ जनाले रेबिजको सुई लगाउनु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले छाडा कुकुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा पालिकाह

रुबीच छलफल गर्नुपर्ने बताउँदै बन्ध्याकरण बिकल्प हुनसक्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले यो बर्ष कञ्चनको योजनाका सन्दर्भमा प्रकाश पार्दै भदौं मसान्तभित्रै सवै उपभोक्ता समिति गठन गरिसकेको बताउनु भयो । उहाँले १० लाखभन्दा माथिका योजना इबिडिङबाट गर्ने र त्यो भन्दा तलका योजना उपभोक्ता समितिमार्फत गर्ने योजना अनुसार असोजभित्र सवै उपभोक्ता समितिका पदाधिकारीलाई तालिम समेत प्रदान गरेर विकासका कामलाई तीब्रता दिएको उल्लेख गर्नुभयो ।

संबिधानमै उद्ीत गरिएको सामुदायिक वनहरुको १० प्रतिशत रकम पालिकामा बुझाउनुपर्ने प्रावाधानलाई सामुदायिक वनहरुले नटेरेको बताउदै यस्ले गर्दा पालिकाको राजष्व संकल

नमा कमि आएको बताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङले जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरुले दिपावलीमा खेलिने देउसी र भैलोलाई एकै समयमा खेल्ने गरि नियम बनाउनु पर्ने बताउनु भयो । गैहडवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले उपभोक्ता समितिामार्फत गरिने बिकासका काम उपभोक्ता समिति आफै नगरेर पुनः ठेकदारलाई दिदा काम सन्तोषजनक नरहेकोले उपभोक्ता समितिलाई जिम्मेवारी दिने बिषयमा सोच्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा पालिकाको तर्फ देखि प्रमुख प्रशासकिय अधिकृतहरुले आफ्नो पालिकाले गरेका कामहरुको बारेमा बताउनु भएको थियो ।
अर्को १० औं घुम्ती बैठक सियारी गाउँपालिकामा आयोजना गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय