LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल, कात्तिक २६ गते । बुटवलमा दिपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव २०८० सुरु भएको हो ।

बुटवलको खस्किदै गएको बजारमा चहलपहल बढाउन तीन दिने दिपावली महोत्सव आयोजना गरिएको महोत्सव आयोजक बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सवको शनिवार साँझ शुभारम्भ गर्दै बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास सबैको साझा विषय रहेको बताउँदै नगरपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो ।

उहाँले हिजो चलनचल्तीमा हुँदैआएको व्यापार व्यवसायलाई आधुनिक परिवेशअनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउन बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दिपावली महोत्सव आयोजना गरिएको र यसमा सहयोग गर्न आग्रह गर्दै सहभागिताको लागि पनि अनुरोध गर्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दिपावली महोत्सव मात्रै नभएर देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन र भड्किलो नगराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद झा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाललगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

तीन दिनसम्म सञ्चालन गरिने दिपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्री वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुति समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी गराउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दिपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म ९अमरपथ लाईन० र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ ।

बुटवलको खस्किदो व्यापारलाई प्रवर्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउन दिपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय