लायन्स क्लब अफ सैनामैनाले बालबालिकाको अन्तर्निहित प्रतिभालाई पहिचान गरि अन्तर्रास्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यका साथ पिस पोस्टर प्रतियोगिता आयोजना गरेको छ ।
क्लब अध्यक्ष लायन राधा सिंजालीको अध्यक्षता तथा लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ पि का डिष्टिक गभर्नर पि.एम.जे. एफ लायन अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा पिस पोस्टर कन्टेस्ट सम्पन्न भएको हो ।
सैनामैनाका ८ वटा बिद्यालयका १३ बर्ष मुनिका १६ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए ।
उक्त प्रतियोगितामामा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलबाट रोशनी श्रेष्ठ प्रथम, न्यू एकेडेमी बोर्डिङ स्कुलबाट अनुराग भुसाल द्वितिय, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलबाट प्रज्वल सुर्यबंशी तृतीय, कलौनी कान्तिपुर बोर्डिङ स्कुलबाट मोनिका बन्जाडे सान्त्वना भएका हुन ।
सोही कार्यक्रममा रिजन १२ का रिजन चियर पर्सन लायन यदुमनी पोख्रेल, जोन २७ का जोन चियर पर्सन लायन श्रीकान्त सुवेदीको समेत उपस्थिति रहेको थियो ।
कन्टेस्टको निर्णायक भुमिकामा अरनिको स्मृति प्रतिष्ठानका अध्यक्ष मन गोल्डी रहनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका फस्ट भाइस प्रेसिडेन्ट लायन केदार कार्की, शुभकामना मन्तव्य क्लबका डाइरेक्टर लायन तिलब के.शी. र धन्यवाद ज्ञापन क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट लायन सौगात भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव लायन लक्ष्मी श्रेष्ठले गर्नुभएको थियोे ।







