LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

लायन्स क्लब अफ सैनामैनाले बालबालिकाको अन्तर्निहित प्रतिभालाई पहिचान गरि अन्तर्रास्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यका साथ पिस पोस्टर प्रतियोगिता आयोजना गरेको छ ।
क्लब अध्यक्ष लायन राधा सिंजालीको अध्यक्षता तथा लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ पि का डिष्टिक गभर्नर पि.एम.जे. एफ लायन अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा पिस पोस्टर कन्टेस्ट सम्पन्न भएको हो ।
सैनामैनाका ८ वटा बिद्यालयका १३ बर्ष मुनिका १६ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए ।
उक्त प्रतियोगितामामा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलबाट रोशनी श्रेष्ठ प्रथम, न्यू एकेडेमी बोर्डिङ स्कुलबाट अनुराग भुसाल द्वितिय, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलबाट प्रज्वल सुर्यबंशी तृतीय, कलौनी कान्तिपुर बोर्डिङ स्कुलबाट मोनिका बन्जाडे सान्त्वना भएका हुन ।
सोही कार्यक्रममा रिजन १२ का रिजन चियर पर्सन लायन यदुमनी पोख्रेल, जोन २७ का जोन चियर पर्सन लायन श्रीकान्त सुवेदीको समेत उपस्थिति रहेको थियो ।
कन्टेस्टको निर्णायक भुमिकामा अरनिको स्मृति प्रतिष्ठानका अध्यक्ष मन गोल्डी रहनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका फस्ट भाइस प्रेसिडेन्ट लायन केदार कार्की, शुभकामना मन्तव्य क्लबका डाइरेक्टर लायन तिलब के.शी. र धन्यवाद ज्ञापन क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट लायन सौगात भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव लायन लक्ष्मी श्रेष्ठले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय