LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।

पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् ।

यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १।३ ओभरमा पहिलो, २।३ ओभरमा दोस्रो, २।४ ओभरमा तेस्रो र २।५ ओभरमा चौथो विकेट गुमाएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय