LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ ।

पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि नेपाल ६७ रनले विजयी भएको हो ।

जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी संगीता राई एक्लैले पाँच विकेट लिइन् । पूजा महतो र अस्मिना कर्माचार्यले दुईरदुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे ।

जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एकरकए विकेट लिएका थिए ।

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन् ।

तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय