LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

जुम्लाका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् ।

स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताए। सिङ्गो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन् । सबैभन्दा सहज र राम्रो आम्दानीको माध्यम भनेको खरायो पालन हो । स्थानीय सरकारबाट दिएको सीपमूलक तालिमबाट व्यवसायी बन्न सहज भएको छ । प्रती खरायो रु पाँच सयमा बिक्री हुने गरेको रारा गाउँका खरायो पालक किसान मुना रावतको भनाइ छ ।

तिलाका नौ वटै वडाका महिलालाई दिगोपन तालिम सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी आयआर्जनका तालिम सञ्चालन गरिने तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।

यहाँको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर बिक्री वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ ।

सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर रु तीन हजारमा बिक्री हुने गरेको छ । रोकाया गाउँमै एक नमूना खरायो पालक किसान हुन् । विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा आठ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम २५ हजार आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताए ।

गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलङ्गामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखि ठूला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ । जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनीतिक दलका नेताले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् ।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर रु पाँच लाख बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिए ।

खरायोको टोपी आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । एउटा खरायोको टोपीको मूल्य तीन हजारदेखि पाँच हजारसम्म रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ ।

खरायो टोपीको माग सबैतिर छ, मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी सुर्खेत, नेपालगञ्ज, काठमाडौँमा खरायोको टोपीको माग हुने गरेको रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय