LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

११ असार,

गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले आयव्यय विवरण सहितको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा चालूतर्फ ४४ करोड ८९ लाख ६८ हजार र पुँजीगततर्फ २६ करोड २९ लाख २९ हजार खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले हामीले तिरेको कर, समृद्ध गैडहवाबो आधार भन्ने नाराका साथ सवै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्ती कर संकलन सप्ताह अभियान संचालन गरिने भएको छ । गैडहवा गाउँपालिका आर्थिक सामाजिक विकास र सामाजिक न्यायसहितको समतामूलक ‘समृद्ध गैडहवा सुखी गैडहवाबासी’ को आकांक्षा पूरा गर्न संकल्पित रहेको बताउनुभयो ।
सवैभन्दा बढी बजेट पूर्वाधारमा १४ करोड ५ लाख विनियोजन गरिएको छ । गैडहवामा आधारभूत अस्पताल संचालन व्यवस्थापनका लागि एक करोड विनियोजन गरिएको छ ।
चुनावको बेला घोषणापत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र माग अनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको छ ।
गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टेको प्रवद्र्धन गर्ने उल्लेख छ भने लुम्बिनी आउने पर्यटकलाई गैडहवा ताल ल्याउने र कम्तीमा एक दिन बसाई हुने गरी होमस्टेलाई व्यवस्थित बनाउने बजेटमा उल्लेख छ ।
त्यसैगरी शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा पुग्ने प्राथमिकतामा राखिएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।
पालिकाभित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी मृगौला प्रत्यारोपण गरेका, डाईलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्चवापत मासिक रु.५ हजार उपलब्ध गराउने बजेटमा उल्लेख भएको छ ।
पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालसहित विभिन्न शिर्षकमा बजेट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय