LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान गरी वर्ष २०८३ को फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ।

सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भैरहवालाई कार्यक्षेत्र बनाई पत्रकारिता सुरु गरेका तथा २०२५ सालदेखि २०५५ सालसम्म सक्रिय पत्रकारिता गरेका १२ जना पत्रकारलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको हो। महासंघका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करुणानिधि शर्मा, मदनलाल पौड्याल, देवी पाण्डे, बुँद राना, प्रा. डा. गीतु गिरि, लक्ष्मीनाथ ज्ञवाली, नारायणप्रसाद सापकोटा, डा. बालकृष्ण चापागाईं, बद्री पाण्डे, रामेश्वर भट्ट, गोविन्दबन्धु अर्याल र नारायण ज्ञवालीलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको हो।

वि.सं. २०२२ सालदेखि २०५५ सालसम्म भैरहवाबाट दैनिक निर्णय, लुम्बिनी साप्ताहिक, निष्पक्ष ध्वनि, मुक्ति सन्देश, लुम्बिनी साप्ताहिक, खसोखास, एक्स–रे, दैनिक सिद्धार्थ, संश्लेषण, परिवर्तन, लुम्बिनी दूत, भैरहवा साप्ताहिक लगायतका पत्रपत्रिका प्रकाशित भएका थिए। रुपन्देहीको पत्रकारिताको सुरुआत भैरहवाबाट नै भएको र पत्रकारिताको उर्वरभूमिका संस्थापकहरूलाई अग्रज पत्रकार सम्मान प्रदान गरेर नेपाल पत्रकार महासंघले ऐतिहासिक काम गरेको नगर प्रमुख खानले बताएका छन्।

वि.सं. २०२२ साल वैशाख ६ गते मोदनाथ प्रश्रित सम्पादक रहेको लुम्बिनी सन्देश पत्रिकादेखि, २०२२ सालमै प्रतापकुमार भट्टचनको सम्पादनमा प्रकाशन सुरु भएको दैनिक निर्णय, २०२७ सालमा करुणानिधि शर्माको सम्पादनमा प्रकाशित निष्पक्ष ध्वनि, २०२७ सालमा कपूर ज्ञवालीको सम्पादनमा प्रकाशित खसोखास र २०२९ सालमा कपूर ज्ञवालीकै सम्पादनमा प्रकाशित खबर दैनिक भैरहवाबाट प्रकाशित पत्रिका थिए।

यसैगरी २०३९ सालमा बाबुराम अर्यालको सम्पादनमा दैनिक सिद्धार्थ, २०३९ सालमा कृष्णराज पाण्डेको सम्पादनमा लुम्बिनी दूत, २०४० सालमा बामदेव पहाडीको सम्पादनमा प्रतिमान साप्ताहिक, २०४० सालमा श्यामसुन्दर गुप्ताको सम्पादनमा संश्लेष साप्ताहिक, २०४० सालमा बुद्धि न्यौपानेको सम्पादनमा चीत्कार साप्ताहिक, २०४० सालमा पृथ्वी शेरचनको सम्पादनमा वाणी साप्ताहिक तथा २०४१ सालमा नारायण सापकोटाको सम्पादनमा मुक्ति सन्देश प्रकाशित भएका थिए।

पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारहरूलाई सम्झिएर गरेको कार्यक्रमले इतिहासको संरक्षण गरेको भन्दै सिद्धार्थनगरका पूर्व प्रमुख हरिप्रसाद अधिकारीले खुसी व्यक्त गरे। उनले भने, सिद्धार्थनगर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ रुपन्देहीले भव्य कार्यक्रम आयोजना गरी आज इतिहासको सम्मान गरेको छ। यो देखेर म खुसीले गदगद छु।

सो अवसरमा अग्रज पत्रकारहरूले आफ्ना अनुभवसमेत सुनाएका थिए। सोही अवसरमा १० जना युवा पत्रकारलाई लेखनवृत्तिसमेत प्रदान गरिएको छ। कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.का अनुसार लेखनवृत्ति पाउने युवा पत्रकारहरूमा राधेश्याम विश्वकर्मा, दीपक घिमिरे, पुनहरि बेलबासे, प्रकाश न्यौपाने, मोहम्मद हबिब, एलिना आचार्य, विष्णु भट्टराई, सरिना मरासिनी, अस्मिता अधिकारी र प्रतीक पौडेल रहेका छन्।

पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालले सञ्चालन गरेको अग्रज पत्रकार सम्मान, लेखनवृत्ति वितरण तथा फेलोसिप कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले अग्रजको सम्मान र युवालाई लेखनवृत्ति प्रदानजस्ता महत्त्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा रुपन्देहीका सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्थाका प्रमुख, पत्रकारसम्बद्ध संघसंस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय