LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको सवारी दुर्घटनामा परी सोमबार मृत्यु भएको छ । उनीसँगै मोटरसाईकलमा सवारी एक महिलाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुने देवकोटा सहकारी अभियान्ता समेत हुन् । मृत्यु हुने महिला भने तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्करबाट उनीसहित दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा सवार देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । त्यसक्रममा देवकोटालाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरु दुवैको शब मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए ।

विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय