LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका एशोसियट सदस्य किशोर पङगेनीले  जानकारी दिए ।

संघको आकस्मिक रुपमा बसेको बैठकले देवकोटाको अकल्पनीय रुपमा भएको निधनमा गहिरो शोक व्यक्त गर्दै मेला आजका लागि स्थगित गर्ने र भोलिदेखि नियमित रुपमा मेला संचालन गर्ने निर्णय भएको सदस्य पङ्गेनीले बताए । देवकोटाको सोमबार दिउँसो मेला स्थलमा जाने क्रममा तिलोत्तमाको ड्राइभरटोलमा सडक दुर्घटनामा परी निधन भएको थियो ।

उनी सवार लु ४९ प २२३० मोटरसाइकलाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परी देवकोटासहित मोटरसाइकलको पछाडी सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय