LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका एशोसियट सदस्य किशोर पङगेनीले  जानकारी दिए ।

संघको आकस्मिक रुपमा बसेको बैठकले देवकोटाको अकल्पनीय रुपमा भएको निधनमा गहिरो शोक व्यक्त गर्दै मेला आजका लागि स्थगित गर्ने र भोलिदेखि नियमित रुपमा मेला संचालन गर्ने निर्णय भएको सदस्य पङ्गेनीले बताए । देवकोटाको सोमबार दिउँसो मेला स्थलमा जाने क्रममा तिलोत्तमाको ड्राइभरटोलमा सडक दुर्घटनामा परी निधन भएको थियो ।

उनी सवार लु ४९ प २२३० मोटरसाइकलाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परी देवकोटासहित मोटरसाइकलको पछाडी सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय