LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा स्कुलबसको ठक्करबाट २ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन्।

लुम्विनी कर्कहवा सडक खण्डमा जांदै गरेको लु १ क १७७८ नम्वरको सिद्धार्थ बोर्डिङ स्कुल सुर्यपुराको बसले लु १ प ८४८२ नम्वरको मोटरसाईकलमा जांदै गरेका ३ जनालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाईकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाई दिएका छन्। आगोले बस पुर्ण रुपमा क्षती भएको छ।

घटनामा मोटरसाईकलमा लुम्विनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद ईरसाद र १६ बर्षिय रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त दुर्घटनामा घाईते सोही ठाउकै १७ बर्षिय अप्सना खातुनको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको बताईएको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय