LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

तीन करोड बढीको आर्थिक कारोबार गर्दै सैनामैनामा जारी छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सम्पन्न भएको छ ।
त्यसैगरी महोत्सवको साढे दुई लाख बढी दर्शकले अवलोकन गरेको मेला आयोजक सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ ।

आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा गत मंसिर ६ देखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ ।
बुधबार महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मेलालाई आगामी दिनमा अझै विशिष्टीकृत गर्नुपर्ने बताउँदै स्थानीय उद्योगी व्यवसायीलाई महोत्सवले सम्वोधन नगरेको हो कि भन्ने लागेको बताउनु भयो । उहाँले स्थानीय उद्योगी व्यवसायी र कृषिका स्टललाई प्राथमिकता दिएको भए मेला अझै विशिष्टिकृत हुने धारणा राख्नुभयो ।

त्यसैगरी समापन समारोहमा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरे, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल तथा स्थानीय संघ संस्थाहरुको तर्फबाट सप्तऋषि सहकारीका अध्यक्ष प्रेमबहादुर बानिया र सुनगाभा बोर्डिङ स्कुलका प्रिन्सिपल तिलव केसी लगायतले बोल्दै महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण सहयोग पु¥याएको बताउनु भयो ।
सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको आयोजक सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाले बताउनु भयो ।

सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले सैनामैना औद्योगिक ब्यापार महोत्सवले सुस्त बनेको आर्थिक गतिबिधि बढाउन महोत्सवले सहयोग पुगेको बताउनु भयो ।
महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको समापन समारोहमा महोत्सवलाई आर्थिक, भौतिक र नैतिक रुपले सहयोग गर्ने स्थानीय संघ संस्थाहरु, विद्यालय, उद्योगी व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय