LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

होराइजन गौतमबुद्ध मा.वि. तिलोत्तमा १, ड्राइभरटोल रूपन्देहीले चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका, सामाजिक विकास मन्त्री, माननीय श्री चन्द्रकेश (सि.के.) गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिताका संयोजक प्राध्यापक मोहन मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले देशको समग्र शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो भुमिका रहेको, निजी क्षेत्रबाट उत्पादित जनशक्तिले देशका विभिन्न उच्च निकायमा नेतृत्वकारी भुमिका खेलीरहेको बताउनु भयो ।
प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताउनुभयो ।
उहाँले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिनुभयो ।
हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डिङ् स्कुल प्रथम, दीप बोर्डिङ् स्कुल द्वितीय, शान्ति नमूना मा.वि. तृतीय तथा पश्चिमाञ्चल इङ्लिस स्कुल भैरहवा र ग्रिनप्लान्ट इङलिश बोर्डिङ स्कुल देवदहले सान्त्वना स्थान हासिल गरेका थिए । जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः २० हजार तथा प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई १५ हजार, शिल्ड तथा प्रमाणपत्र र तृतीय हुने समूहलाई १० हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने दुवै समूहलाई तीन हजार, शिल्ड तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय