११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । रेडियो मुक्ती बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छिन ।
प्रथम घिमिरेले नगद १२ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन । त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्षेत्री २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय भएकी छिन । क्षेत्रीले ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन ।



त्यसैगरी दिप बोर्डिङ्ग हाईस्कुलकी देबी बुढा २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पाँच किलोमिटर दरी पार गर्दै तृतिय स्थान हात पार्न सफल भइन ।
बुढाले नगद रु नगद ५ हजार, प्रमाणपत्र तथा मेडल प्राप्त गरेकी छिन । खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली चौथो, बुटवलकी पुजा थारु पाँचौ र लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ भएकी छिन ।
विजयी प्रतियोगिलाई रेडियोकी कार्यबाहक अध्यक्ष इन्दिरा आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, परिषद्का सदस्यद्वय हरि बहादुर वली, राजकुमार पाण्डे, जिल्ला भलिवल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्य लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालय बुटवलबाट शुरु भएको दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा रुपन्देहीका सरकारी तथा गैरसरकारी संघसंस्था र पाल्पाको तिनाउ गाउँपालिकाका गरी ३५० जना महिलाको सहभागिता रहेको थियो ।




