LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मासु व्यवसायी संघ रुपन्देहीको १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
संघका रुपन्देही अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले उपभोक्ताले स्वस्थकर मासु पाउने गरी व्यवसायीले आफ्नो व्यवसायलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले मासु पसल राम्रो, सफा र उपभोक्ताको हक संरक्षण हुने गरि व्यवसाय भएन भने टिकिरहन गाह्रो हुने बताउँदै समय अनुसार मासु पसल सुधारका काममा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले खुला सिमानाका कारण कुखुराका चल्लाका साथै मासुजन्य सामाग्री नेपाल आईरहेको बताउँदै अवैधरुपमा आउने गरेको त्यस्ता बस्तु आयातमा रोक लगाउन आग्रह गर्नुभयो । उहाँले निगरानी गर्नुपर्नेहरु नै प्रलोभनमा परेको बताउँदै पशु क्वारेन्टाईन कार्यालय जिम्मेवार बन्न सुझाव दिनुभयो ।

त्यस अवसरमा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष चुरामणि घिमिरेले बुटवलमा बधशाला बनाउनु पर्छ भनेर मासु ब्यवसायी संघले नै नेतृत्व गर्दै आएको स्मरण गर्दै मासु व्यवसायीहरुको सपना रहेको बुटवलको बधशाला सञ्चालनमा व्यवसायीले असहयोग नगरेको बताउनु भयो । उहाँले मासु व्यवसायी र महिला उद्यमीलाई बधशालाको सुविधा लिँदा तिर्ने एकहजार रुपैयामा व्यवसायीले आफ्नो हिस्सामात्रै खोजेको बताउँदै जहिलेसम्म बधशालाको उचित तरिकाले हिस्सेदार बन्दैनौ तबसम्म बधशालामा संस्थागतरुपमा सहभागिता जनाउन सक्दैनौं भन्नुभयो ।

मासु व्यवसायी संघ रुपन्देहीका प्रेस सल्लाहकार नविन घिमिरेले जुन बर्ग र क्षेत्रलाई लक्षित गरि योजना बनाइएको हो, त्यही बर्गले अपनत्व ग्रहण गर्न सकेन भने योजना सफल हुन नसक्ने भन्दै बुटवलको बधशालाको नियती पनि त्यही नहोस भन्नुभयो । उहाँले बधशाला संचालनमा देखिएको समस्या आपसी सम्बादबाट समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा. लि. का अध्यक्ष हुमादेवी पौडेल, रुपन्देही कुखुरा पालक संघका अध्यक्ष ऋषिराम काफ्ले, रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल लगायतले बोल्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नारायण घर्तीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव विशाल थापाले गर्नुभएको थियो ।

त्यसैगरी संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विशाल थापाको अध्यक्षतामा चयन भएको नयाँ समितिमा वरिष्ठ उपाध्यक्षमा विजय शाही, उपाध्यक्षहरुमा रशनबहादुर खत्री, सुनिता थापा क्षेत्री र गोपाल क्षेत्री सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको हो ।

त्यस्तैगरी महासचिवमा थानेश्वर सुवेदी, कोषाध्यक्षमा अहमद हुसेन, सचिवमा ऋषिराम राईभाट, सहकोषाध्यक्षमा देवतप्रसाद सापकोटा, कार्यसमिति सदस्यहरुमा नरसिंह गिरी, दिपेन्द्र चौधरी, झविन्द्रबहादुर केसी, विष्णु खत्री र विष्णु थापा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा बिमा थापा, गनकुमारी राना, बिमला थापा,लक्ष्मण प्रसाद श्रेष्ठ, वेदप्रसाद काफ्ले, विष्णुबहादुर जिसी, थानेश्वर पाण्डे र सफि मोहम्मद भाटलगायत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यमलाल खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय