LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाईस्कुलको वार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् सांस्कृतिक कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल अब शिक्षाको हब बनेको बताउँदै बुटवलमा राति ११ बजेदेखि बिहान ६ बजेसम्मबाहेक अन्य समयमा शिक्षा लिन चाहने विद्यार्थीले पढ्न पाउने वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा बुटवल बुटवलउपमहानगरपालिका शिक्षा महाशाखाका उपनिर्देशक टीकाराम पन्थीले बुटवल क्षेत्र मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीपले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, अभिभावक महासङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, धर्म सिर्जना टोल विकास समितिका अध्यक्ष पवित्रा ज्ञवाली, उपप्राचार्य सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समितिका सदस्य वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य तथा शिक्षक पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षागत तथा तहगत एवम् कक्षा नर्सरीदेखि कक्षा १२ सम्म दीप बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अभिभावकसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी शैक्षिक सत्रभरि पूर्ण उपस्थित हुने शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा दीर्घसेवा गरी सेवानिवृत भएका शिक्षक र कर्मचारीलाई उपादानसहित दोसल्ला, कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा एसइइमा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल गणित विषय शिक्षक के.बी. खाम्चा, कम्प्युटर विषय शिक्षक एकराज गुरागाई र अङ्ग्रेजी विषय शिक्षक दीपकचन्द्र भुसाल तथा विद्यालयका गतिविधिमा विशेष योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय