LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको मणिग्राममा सञ्चालित दुई अर्ब लागतको एनजी मार्केटले बम्पर उपहार विजेतालाई डेढ करोड मूल्य बराबरको घर बनाइदिने सम्झौता हस्तान्तरण गरेको छ ।

तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतले तिलोत्तमा ७ भलबारीमा रहेको आवास कलोनीमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटमा बन्ने साढे २ तले घर जितेका हुन् । शनिबार एक समारोहबीच मार्केटका अध्यक्ष नारायण बन्जाडे र सिईओ आभास बन्जाडेले बस्नेतलाई घर दिने सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । मार्केटले एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी गत वर्ष अफर ल्याएको थियो ।

एनजी मार्केटमा एकपटकमा ५ हजार वा पटक पटक गरेर १० हजार रुपैयांको सामान खरिद गर्दा प्राप्त कुपनबाट लक्की ड्र मार्फत बस्नेतले पुरस्कार पाएका हुन् । बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाएका थिए ।

बैशाख १ गते लक्की ड्र खोलिएको थियो । त्यतिबेला पुरस्कार विजेता बस्नेत नयां वर्षमा पोखरा घुम्न गएकाले एक हप्तापछि उनलाई घर दिने सम्झौतापत्र हस्तान्तरण गरिएको हो । डेढ करोडको घर पाउने भएपछि योगन्द्रले आफू भाग्यमानी भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै मार्केटका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताए । सिईओ आभास बन्जाडेले बांकी ९९९ वटा पुरस्कार आगामी वर्ष २०८२ साल प्रारम्भका अवसरमा वितरण गर्ने बताए ।

९९९ वटा पुरस्कारमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ । यस्तै १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने बन्जाडेले बताए । मार्केटमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका व्यवस्थापक दीपक भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय