LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  र सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताउनुभयो ।

सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरबाट देश कंगाल भैसकेको बताउनुभयो । नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको अरोप लगाउंदै संसदमा साम्राज्यवादी पसेको बताउनु्भयो ।

उहाँले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउंदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दावी गर्नुभयो । नेता केसीले कम्युनिष्ट आन्दोलन अवसरबादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिष्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरुको भीड रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्वेश्य पुरा नभएको बताउंदै कम्युनिष्टको नाममा गैरकम्युनिष्ट गतिविधि गर्नेहरुबाट कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताउनुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिष्टमा विभाजन आएको बताउंदै कम्युनिष्टहरुमा आएको विभाजन विडम्मना भएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले छरिएर रहेका कम्युनिष्टवीच एकता आवश्यक रहेको बताउंदै आधारभूत रुपमा कम्युनिष्ट सिद्वान्त अगालेका पार्टीवीच एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गनुपर्नेमा भनाई राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय