LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिता हुने भएको छ ।

युवा खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता गर्न लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलन एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले बताए । हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालयस्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्रछात्रा हुने छ ।

जेष्ठ नागरिकहरुलाई लक्षित गरि वाकाथन समेत हुने उनले बताए । प्रतियोगिताको टप १५ खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मुटुको शल्यक्रिया गरेका ओलम्पिक बैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि मासिक ४ हजार रुपैयाका दरले एकेडेमीबाट जेठ ३ गते सहयोग रकम प्रदान गरिने उनले बताए ।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेले दोस्रो पटक म्याराथन गर्न लागेको बताए । प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजारसहित तृतिय ५० हजार, चौथौ ३० हजार, पाचौ २० हजार, छैटौ १० हजार रुपैया पुरस्कार राशी रहेको छ ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा प्रथम, द्धितिय, तृतिय गरि क्रमश छैटौसम्म ३५, २५, १५, १०, ७ र ५ हजार रुपैया पुरस्कार रहेको छ । यसैगरि विद्यालय छात्रमा प्रथम देखि छैटौसम्म क्रमश २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार रहेको छ ।

छात्रा ३ किलोमिटर दौडको भने प्रथमदेखी छैटौसम्म क्रमश १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख रुपैया खर्च हुने आयोजकको अनुमान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय