बुटवलको करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिले आठौं बर्ष प्रबेशको अवसरमा शनिवार एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव मनाएको छ । करियर प्लानिङका संचालक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले करियर प्लानिङले स्थापनाको आठौं बर्ष मनाउँदै गर्दा आफूलाई पनि खुसी लागेको बताउँदै आगामी दिनमा पनि करियरको उच्च सफलताको शुभकामना दिनुभयो ।



उहाँले करियरले सयौं भाईबहिनीलाई पढ्नकै लागि बिदेश पठाईसकेको बताउँदै अवको दिनमा पनि बुटवलबाट मात्र नभै देशैभरी शाखा स्थापना गरेर करियरले नेपाली भाई बहिनीलाई पढ्न विदेश पठाएर योग्य नेपाली जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी करियरका संचालक गोविन्द बस्नेतले स्थापनाको आठ बर्षसम्म नेपाली भाई बहिनी विद्यार्थीलाई जापान जानमात्रै सहजीकरण गरेकोमा स्थापनाको आठौं वर्षको अवसरमा आजैदेखि क्यानडा, युके, अमेरिका, दक्षिण कोरिया र अष्ट्रेलिया लगायतका देशमा पनि विद्यार्थी पठाउन काउन्सिलिङ गर्ने बताउनु भयो ।
कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, इक्यान रुपन्देहीका चार्टर प्रेसिडेन्ट देववहादुर कुँवर, मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेल लगायतले करियर प्लानिङले नेपाली विद्यार्थीलाई बिदे पढ्न पठाउन परामर्श दिएर ठूलो गुन लगाएको बताउनु भयो । बार्षिकोत्सवको अवसरमा तीनजना छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।




