LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

अम्बानी होम सोलुसन्स त्रिरत्न सप्लायर्स प्रालिको मुख्य आयोजना तथा केरुङ्गेली समाज रुपन्देही र नेपाल स्वयंसेबी रक्तदाता समाज तिलोत्तमा शाखाको सहयोगमा शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गर्नु भएको छ । रक्तदान कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले हराउँदै गएको मानवीयता संरक्षण गर्न यस प्रकारका सामाजिक काम गरेर आयोजकले महत्वपूर्ण काम गरेको बताउँदै यस प्रकारका कामले आयोजकमात्रै होइन अरुलाई पनि आगामी दिनमा सामाजिक काम गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा त्रिरत्न सप्लायर्स प्रालिका संचालक अध्यक्ष शोभाखर पाण्डेले विगतदेखि नै आफूहरुले सामाजिक काममा हात हाल्दै आएको स्मरण गर्दै आफूहरुको सामाजिक अभियानमा केरुगेली समाज तथा स्वयंसेवी रक्तदाता समाजले सहयोग गर्दै आएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम आयोजना गर्ने बताउँदै सवैको साथ र सहयोगका लागि धन्यबाद दिनुभयो ।

केरुंगेली समाज रुपन्देहीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले बिपद आउँदा नेपालीहरु सधै एक भएको उल्लेख गर्दै सामाजिकमात्र नभै व्यावसायीक घरानाले पनि समाजमा राम्रो काम गर्न पछि पर्दैनन भन्ने यो कार्यक्रमले उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता त्रिरत्न सप्लायर्स प्रालिका संचालक अध्यक्ष शोभाखर पाण्डेले गर्नुभएको थियो भने बिशिस्ट अतिथि केरुङ्गेली समाज रुपन्देहीका अध्यक्ष वाईएमपाण्डे, नेपाल स्ययमसेबी रक्तदाता समाजका केन्द्रिय महासचिब तथा रुपन्देहि जिल्ला अध्यक्ष कृष्ण चौहान, नेपाल स्यमसेबि रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोबिन्द भुसाल लगायत बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन समाजका महासचिव सागर पाठकले गर्नु भएको थियो भने स्वागत केरुंगेली समाजका वरिष्ठ उपाध्यक्ष शालिकराम खनालले गर्नुभएको थियो । तिलोत्तमा –१ शकरनगर चोकमा अवस्थित अम्बानी त्रिरत्न सप्लायर्स प्रालिको प्राङ्गणमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय