LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिका ९ मनकामनापथ मिलनचोकस्थित जागृति बहुउद्देश्यीय सहकारी संस्था लि ले २३ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै मनकामना टोलमा डण्टबिन बितरण गरेको छ ।


रक्तसंचार केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ भने १३ थान डष्टबिन बितरण गरिएको थियो ।
सहकारीका अध्यक्ष रमेशप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र वडा सदस्य इन्दिरा ज्ञवालीको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष भोजराज पाण्डे, निवर्तमान अध्यक्ष गणेश भट्टराई, मनकामना टोल विकास संस्थाका अध्यक्ष सुशीला नेपालले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रम सचिव लालप्रसाद बस्यालको संचालन, संयोजक शेषनारायण बस्यालको स्वागत तथा कोषाध्यक्ष लोकनाथ पाण्डेको धन्यबाद ज्ञापनमा सम्पन्न भएको थियो । सहकारीको सैनामैना ७ कलौनीमा सेवाकेन्द्र रहेको छ भने संस्थामा हाल ११ सय बढी सेयर सदस्य रहेका छन । सहकारीको शेयर पुँजी २ करोड ७५ लाख, बचत १६ करोड १० लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय