LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल उपमहानगरपालिका ९ मनकामनापथ मिलनचोकस्थित जागृति बहुउद्देश्यीय सहकारी संस्था लि ले २३ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै मनकामना टोलमा डण्टबिन बितरण गरेको छ ।


रक्तसंचार केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ भने १३ थान डष्टबिन बितरण गरिएको थियो ।
सहकारीका अध्यक्ष रमेशप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र वडा सदस्य इन्दिरा ज्ञवालीको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष भोजराज पाण्डे, निवर्तमान अध्यक्ष गणेश भट्टराई, मनकामना टोल विकास संस्थाका अध्यक्ष सुशीला नेपालले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रम सचिव लालप्रसाद बस्यालको संचालन, संयोजक शेषनारायण बस्यालको स्वागत तथा कोषाध्यक्ष लोकनाथ पाण्डेको धन्यबाद ज्ञापनमा सम्पन्न भएको थियो । सहकारीको सैनामैना ७ कलौनीमा सेवाकेन्द्र रहेको छ भने संस्थामा हाल ११ सय बढी सेयर सदस्य रहेका छन । सहकारीको शेयर पुँजी २ करोड ७५ लाख, बचत १६ करोड १० लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय