LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल विद्यार्थी संघको आन्दोलनका कारण बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। खिमानन्द पौडेलले विहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् ।

नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबार देखी विद्यार्थी संगठन बिच भएको विवादका कारण बुधबार निर्दोष विद्यार्थीमाथि प्रहरीद्वारा भएको अस्वभाविक लाठी चार्जप्रती आपत्ति जनाउँदै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखी ५ बजे सम्म सम्पर्क गर्दा पनि क्याम्पस प्रमुख उपस्थित नभएपछि तालाबन्दी गरेको थियो ।

तालबन्दी पश्चात् इलाका प्रशासन कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित सहित प्रहरीले तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो ।

बुधबार लाठी चार्ज गरेको प्रहरीले विहिबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजिनामा पेस गरेपछि नेविसंघले आफैं तालाबन्दी खोलेको थियो ।

बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए ।

त्यसपश्चात क्याम्पस प्रमुख सँग ज्ञापन बुझाउन भन्दै योजना बनाएको नेविसंघले अन्ततः तालाबन्दी गरि क्याम्पस प्रमुखको राजिनामा पेस गराएको छ ।

विहिबार गरेको नेविसंघको आन्दोलनमा नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्यहरु प्रदिप घर्तिमगर, विष्णु खनाल, प्रेम परियार, विकास पाण्डे, सागर पौडेल, नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेताहरु सुमन गुरुङ, कृष्ण खनाल, नारायण घिमिरे भावुक, प्रयास आचार्य, विपिन्द्र पाण्डे, कृष्ण श्रेष्ठ, नारायण पाण्डे, सन्देश पोख्रेल, श्रीधर ज्ञवाली , सागर पन्थी, सुरज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय