LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ को चार नम्बर बजारमा फेमिना ब्यूटी जोनले नयाँ ब्यवस्थापनका साथ कारोबार सुरु गरेको छ ।
नेपालका युवा युवतीहरु विदेश पलायन भैरहेको बेला आफ्नो देशमै केही गर्नुपर्छ भन्ने भावना र उद्देश्यका साथ शुक्रवारदेखि व्यावसायीक कारोबारलाई थप अझै व्यवस्थापन गरेर संचालन गरेको हो ।

ब्यूटीपार्लर संचालक कमला पाण्डेले विगत २२ बर्षदेखि संचालनमा रहेको ब्यूटीपार्लरलाई थप व्यवस्थापन गरि नयाँ डेकोरेसनका साथ सुरु गरिएको बताउनुभयो । लामो समयदेखि यसै क्षेत्रमा कृयाशील कमला पाण्डे, ज्योति पाण्डे र शोभाखर पाण्डेले संचालन गर्नुभएको फेमिना ब्यूटी जोनले सौन्दर्य सम्वन्धि सम्पूर्ण काम गर्ने जनाएको छ ।

संचालक कमला पाण्डेका अनुसार फेमिना ब्यूटी जोनमा ब्राईडल मेकअप तथा ब्यूटीसियन तालिम समेत प्रदान गरिन्छ ।
अर्का संचालक शोभाखर पाण्डेले अम्बानी त्रिरत्न सप्लायर्स मार्फत व्यावसायीक कारोबार गर्नुका साथै सामाजिक क्षेत्रमा योगदान दिदै आउनु भएको छ। शुक्रबार नयाँ व्यवस्थापनका साथ सुरु भएको कारोबारको पहिलो दिन ब्यूटि जोनमा स्थानीयहरुको ठूलो सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय