LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ।

बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। नेवारी परम्पराअनुसार पाण्डेयले उजिरसिंह फल्चा र ढुंगेधाराको उद्घाटन गरेका थिए।

फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए।

नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको हो, उनले भने(अरु जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरु, विश्रामस्थलहरु निर्माण गरिनेछ।

उनले बुटवलमा सार्वजनिक स्थलहरुमा विश्रामस्थलहरु, शौचालय, पिउने पानीको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताए। बुटवलका मुख्य स्थलहरुमध्ये बसपार्कलाई सुधार गर्ने, मुख्य चोक चौराहाहरुमा उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने, मुख्य सडकहरुको दायाँबायाँ हरियाली बनाउने जस्ता कामहरु निरन्तर भइरहेको उनले बताए।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्नयोग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गर्ने बताइन्। उनले बुटवललाई सबै जातजातिको अपनत्व हुने गरी संरचनाहरु निर्माण भएको बताइन्।

नगर प्रवक्ता शिव राना र वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय