LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

होराइजन गौतमबुद्ध माध्यकि विद्यालय तिलोत्तमा १ ड्राइभरटोलले वेभ डेभलपमेण्ट तालिम सम्पन्न गरेको छ । कक्षा ११ मा कम्प्यूटर विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै एक हप्तासम्म सञ्चालन भएको एचटीएमएल, सीएसस, जाभा स्कृप्ट, जीआईटी हब तालिमको एक कार्यक्रमकाबीच सम्पन्न गरेको हो ।
विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यद्वारा २०८१ साउन २७ गते उदघाटन गरिएको तालिम साउन ३२ गते समापन गरिएको हो ।
दैनिक ३ सिफट्मा सञ्चालन भएको उक्त कार्यक्रममा २५० बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
विद्यार्थीहरुलाई वेभसाइट तयार गर्नका निम्ति आइपर्ने व्यवहारिक सीपको विकास गर्ने गराउने र व्यक्तिगत तथा व्यवसायिक वेभसाइट तयार गर्नका निम्ति सक्षम बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्राध्यापक माधव अर्यालले जानकारी दिनुभयो ।
स्कुलका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमलाई गुणस्तरीय र परिणाममुखी बनाउने उद्देश्यले सोही क्षेत्रका वेभ कार्यक्रम विज्ञ, स्किलप्रम्ट कम्पनीका वैजनाथ चौधरी र विशाल थापा स्रोत व्यक्तिका रुपमा रहेको जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीहरुलाई विगतका वर्षहरुदेखि नै नेतृत्व, व्यक्तित्व विकास तालिम, बैंकिङ् तालिम, लेखा तालिम, शेयर मार्केट तालिम, कम्प्युटर विज्ञान र होटल व्यवस्थापन सम्बन्धी विविध किसिमका तालिम दिइदै आएको बताउनुभयो ।
तालिममा सहभागी विद्यार्थीहरुले तालिमबाट आफूहरुलाई धेरै फाइदा भएको र वेभपेज डिजाइन सम्बन्धी कार्यमा अझ उत्सुक बनाएको कुरा बताए ।
कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसाल, संयोजक प्रदीप अर्याल, डा.नारायणप्रसाद पन्थ, अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारी पराजुली, कम्प्युटर विषयका प्राध्यापकहरु, स्किल प्रम्टका एम.डी. इञ्जिनियर दिपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमको सञ्चालन तालिमका संयोजक प्राध्यापक माधव अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय