LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। शनिबार तिलोत्तमाको बनबाटिकामा आयोजित कार्यक्रममा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न.७ हाल रुपन्देहीमा बसोबास गर्नेहरुको सहभागीतामा दिनभर नाचगान गरिएको थियो ।
संस्थाका संरक्षक डाक्टर ढकबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले तीजले चेलीबेटी र दाजुभाइ बिचमा आपसी सदभावको वातावरण सिर्जना गर्ने बताउनुभयो ।
यस्ता कार्यक्रमले पहाड र तराइलाई आपसमा जोड्ने काम गरेको बताउदै आपसी भेटघाट तथा सम्बन्ध सुमधुर बनाउने बताउनुभयो ।
सो कार्यक्रममा आजिवन तथा नव आगन्तुक सदस्यलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष सुरेश थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय संस्थापक अध्यक्ष खड्कबहादुर शाही,चिदिपानी तिलोत्तमा समाज तथा मानव अधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराई,सल्लाहकार गुरुप्रसाद भुसाल, सहसचिव एवं कार्यक्रम संयोजक पुष्पा खत्री,कोषाध्यक्ष ओमप्रकाश भण्डारी, संस्थाका सदस्य छब बहादुर भण्डारी लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय