LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। शनिबार तिलोत्तमाको बनबाटिकामा आयोजित कार्यक्रममा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न.७ हाल रुपन्देहीमा बसोबास गर्नेहरुको सहभागीतामा दिनभर नाचगान गरिएको थियो ।
संस्थाका संरक्षक डाक्टर ढकबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले तीजले चेलीबेटी र दाजुभाइ बिचमा आपसी सदभावको वातावरण सिर्जना गर्ने बताउनुभयो ।
यस्ता कार्यक्रमले पहाड र तराइलाई आपसमा जोड्ने काम गरेको बताउदै आपसी भेटघाट तथा सम्बन्ध सुमधुर बनाउने बताउनुभयो ।
सो कार्यक्रममा आजिवन तथा नव आगन्तुक सदस्यलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष सुरेश थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय संस्थापक अध्यक्ष खड्कबहादुर शाही,चिदिपानी तिलोत्तमा समाज तथा मानव अधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराई,सल्लाहकार गुरुप्रसाद भुसाल, सहसचिव एवं कार्यक्रम संयोजक पुष्पा खत्री,कोषाध्यक्ष ओमप्रकाश भण्डारी, संस्थाका सदस्य छब बहादुर भण्डारी लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय