LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा ‘विज्ञान र प्रविधि विकास र उत्पादनमा वृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मोतिलाल शर्माले विद्यार्थीहरूको मेहनत, बुवाआमाको सपना र विद्यालयको परिश्रमबाट नै सफलता प्राप्त गर्न सकिनेमा जोड दिँदै प्राकृतिक, सांस्कृतिक, सुन्दर रमणीय देशका सम्भावनाका क्षेत्रहरू व्यापक रहेकोले हाम्रा पुर्खाहरूको ज्ञान र सीपबाट विद्यार्थीले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

 

विशिष्ट अतिथि भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. मुक्ति पौडेलले नेपालमा धेरै सम्भावनाहरु भएकोले यस विद्यालयमा विज्ञान विषय पढेर स्वदेशमै आफ्नो दक्षता देखाउन पर्नेमा जोड दिँदै विज्ञान र प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले विद्यार्थीहरूलाई विज्ञान र प्रविधिको उत्पादन गरी देश निर्माणमा लाग्न सुझाव दिनुभयो ।
यसै गरि कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रेम बाहादुर बस्नेतले यो विद्यालय बुटबल पश्चिमकै एक उत्कृष्ट विद्यालय भएको बताउदै बिद्यालयले बिभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाइ अब्बल बनाउन को साथै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको मुल्याङकन गरेको बताउनुभयो ।

जीव विज्ञान विषय संयोजक रोशन तिवारीको अध्यक्षता, कक्षा ११ विज्ञान समूहकी छात्रा एलिजा रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, विज्ञान विषय संयोजक कृष्ण बहादुर घर्ती, विद्यार्थी बिना कुँवर लगायतले बोल्नुभएको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा माध्यमिक तहका २७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा विज्ञान समूह कक्षा ११ ए कि बिना कुँवर प्रथम, कक्षा नौ वी का आशिष पोखरेल द्वितीय, कक्षा १२ ए की गङ्गा पाण्डे तृतीय र कक्षा ११ वी की अनिषा थापा सान्तवना भएका थिए । विद्यालयको वार्षिक कार्यतालिका अनुसार गत शुक्रबार सञ्चालित सामाजिक सञ्जालको सदुपयोग विषयक निबन्ध लेखन प्रतियोगितामा कानुन समूह कक्षा १२ मा अध्ययनरत अमृता थापा प्रथम, कानुन समूहकी हविवा खातुन द्वितीय र व्यवस्थापन समूह कक्षा १२ कि भगवती कुँवर तृतीय भएका थिए । वक्तृत्वकला र निबन्ध लेखनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय