बुटवल सुख्खानगरमा रहेको दिप बोडिङ्ग हाई स्कुलका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का बिधार्थीहरु लाई स्वागत गरेका छन । रुपन्देही उधोग बाणिज्य संघको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पाल्पा तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले विद्यार्थीलाई बिदेश पलायन हुनबाट रोक्नका लागि रोजगार दिन सक्ने खालको व्यवसायिक शिक्षा दिनुपर्ने बताए । देशमा शिक्षा राम्रो छैन र रोजगार पाइन्न भन्ने भाष्य तयार भएकाले हरेक स्कुलहरुले रोजगार सिर्जना गर्न सक्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
दीप बोर्डिङ हाईस्कुल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र ध्वजुले आफ्नो स्कुलले सबै क्षेत्रसंग प्रतिष्पर्दा गर्न सक्ने खालका विद्यार्थी उत्पादन गरेको बताउनुभयो ।
उहाले जीपीए फोर ल्याउने विद्यार्थीलाई स्कुलले रु ५ लाख पुरस्कार दिने घोषणा गर्दै त्यस भन्दा कम नम्बर ल्याउनेलाई क्रमस २ लाख र १ लाख पुरस्कार दिनेसमेत प्रतिवद्धता जाहेर गर्नूभयो ।



प्राचार्य टिकाराम न्यौपानेले विद्यार्थीको रुची अनुसारको शिक्षा दिनुपर्ने बताउदै त्यस्तो विद्यार्थीले देशलाई फाइदा पुराउने बताउनुभयो । विद्यार्थीलाई सही मार्गमा लाग्न आग्रह गर्दै अनुसासित भएर आफ्नो, घरपरिवार र देशको हितमा काम गर्ने गरी उच्च शिक्षा अध्ययन गर्न प्राचार्य न्यौपानेले विद्यार्थीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत यादव विष्ट, सिद्वार्थ मेमोरियल स्कुलका प्राचार्य भोजराज पौडेल, अभिभावक महासंघका लोकनाथ ज्ञवाली, कक्षा ११ र १२ का संयोजक कमल नेपाल, विद्यार्थी अस्मिता पाण्डेय, स्वच्छा क्षेत्री लगायतले बोल्नुभएको थिए ।
दीप स्टुडेण्ट क्लवका अध्यक्ष केवल रानाको अध्यक्षता र शिक्षक पुरुषोत्तम पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो । उक्त स्वागत कार्यक्रममा विद्यार्थीले आआफ्ना कला प्रस्तुत गरेका थिए ।
दीप बोर्डिङ हाईस्कुलको विभिन्न तहबाट प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा दीप बोर्डिङमा अध्ययन गरेर शिक्षाका विभिन्न बिधामा उत्कृट हुन सफल र पूर्ण छात्रबृद्धि पाउने विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।




