LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

२० असोज  सैनामैना
रुपन्देहीको कञ्चनम जारी आठौं चाँदनी कप नकआउट फुटवल प्रतियोगिता २०८१ को पाचौं दिनको खेलमा विश्वशान्ती युवा क्लव, सैनामैना १० सालझण्डी सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। विश्वशान्तीले चाँदनी युवा क्लवलाई ३–०गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफ गोल रहित भएको आजको खेलमा दोश्रो हाफ पछि विश्वशान्तीका लागि सूरज थारु, विज्ञान गुरुङ्ग र अभिषेक महतोले गोल गरेका थिए। दोश्रो हापछिको करिब ३५ औं मिनेटसम्म पनि गोलरहित बराबरीमा निकै प्रतिस्पर्धात्मक खेलका वावजुद पनि विश्वशान्तीका सूरज थारुले दोस्रो हाफको अन्तिम दस मिनेट बांकी छँदा गोल गरेपछि विश्वशान्तीलाई बिज्ञान गुरुङ र अभिषेक महतो लगातार थप १–१ गोल गरेर ३–० गोल अन्तरले चाँदनीलाई निराशाजनक पराजित गरेको हो । आजको खेलमा विश्वशान्तिका अभिषेक महतो म्यान अफ दि म्याच घोषित भएका छन।
रुपन्देही, नवलपरासी र कपिलवस्तुका १२ फुटवल टिमहरुले सहभागिता जनाएको चाँदनी कपको आठौं संस्करणका विजेता टिमले १ लाख ५० हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै उपविजेता टिमले ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन।
यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने डिफेण्डर,मिड फिल्डर, गोल रक्षक, सर्वाधिक गोलकर्ताले जनही ५००० हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने छन। नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा संचालित फुटबल प्रतियोगिता २४ गतेसम्म संचालन हुनेछ।
भोली पहिलो सेमिफाइनल खेल अन्तर्गत बुद्ध सेभेन स्टार क्लब, सैनामैना ११ कान्छिटोल र फर्साटिकर युवा क्लब रुपन्देही बिच दिउँस ३ः०० बजे हुने चाँदनी युवा क्लवका खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय