LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल उपमहानगरपालिकाले अनुगमनमा कडाई गरेपछि यहाँका मासु ब्यवसायी आन्दोलित भएका छन । उपमहानगरपालिकाले मासु पसलको अनुगमनमा कडाई गरेपछि ब्यवसायीले आन्दोलन पनि चर्काएका हुन । आईतबार बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै उनिहरुले अनुगमन प्रति भद्रअबज्ञा आन्दोलन गर्ने जनाएका छन ।
उपमहानगरपालिकाले अनिवार्य बधशालामा बध गरिएको खसी–बोकाको मासु मात्र विक्रि वितरण गर्ने नियम ब्यवसायीलाई लगाएपछि मासु ब्यवसायी आन्दोलित भएका हुन । अनुगमनका क्रममा ब्यवसायीले बाख्रीको मासुलाई खसी बोकाको भनेर विक्रि गरेको भेटिएपछि उपमहानगरपालिकाले अनुगमनलाई कडाई गर्दै बधशालामा बध गरिएको मासु प्रयोगमा जोड दिएको हो ।
ब्यवसायीले भने भद्रअबज्ञा आन्दोलन गर्दै मासु पसल सञ्चालनमा ल्याउने र अनुगमनमा कडाई गरे प्रतिकार गर्ने चेतावनी दिएका छन । मासु ब्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष बिशाल थापाले बुटवल उपमहानगरपालिकाको अनुगमनको भद्रअबज्ञा आन्दोलन सुरु गरिएको बताउनु भयो । उहाँले बुटवलका मेयर र उपमेयरलाई पूर्व राजा ज्ञानेन्द्र नबन्न सुझाव समेत दिनुभयो ।

सोमबारदेखि बुटवलमा निर्बाध रुपमा ब्यवसायीले मासु पसल सञ्चालनमा ल्याउने र अनुगमन प्रति भद्रअबज्ञा आन्दोलन सुरु गरिएको उहाँले बताउनु भयो । आफुहरु बाँच्नको लागि उपमहानगरपालिकाले बनाएको नीति नियमको आफुहरुले अबज्ञा गर्दै ब्यवसायीलाई अगाडी बढाउने थापाले बताउनु भयो । उहाँले उपमहानगरपालिकाको चरम दमनप्रति आन्दोलित हुन बाध्य भएको बताउनु भयो ।
निजी , सामुदायिक र सरकारी मोडलबाट बुटवलको बधशाला सञ्चालनको लागि स्थापना भएको र कुनै निजी कम्पनीबाट सञ्चालन गरेर ब्यवसायीलाई मर्कामा पार्ने काम भएको थापाले बताउनु भयो । मासु व्यवसायीहरुले बधशालामा बध गरिएको मासु नबेच्ने घोषणा समेत गरेका छन । यस्तै ब्यवसायीको धर्नामा नेकपा एमालेका रुपन्देही सचिवालय सदस्य राजेन्द्र ढकालले ‘फोर पी’ मोडलमा बधशाला चलाउनुपर्छ भन्ने एजेण्डा एमालेको भएकाले व्यवसायीको आन्दोलन एमालेको पनि साथ रहेको बताउनु भयो ।
उहाँले व्यवसायी र किसानसंगको सम्झौता लत्याएर टेण्डरको नाममा निजी कम्पनीलाई जिम्मा दिएको कुरा एमालेलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । यस्तै मासु ब्यवसायीको आन्दोलनमा नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय