LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिकामा खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गरिने भएको छ ।

उपमहानगरपालिकाले जलस्रोत (उपयोग) पहिलो संसोधन ऐन, २०८१ को कार्यान्वयन गर्दै खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गर्ने भएको हो ।

उपहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको अध्यक्षतामा बुटवलमा क्रियाशिल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले २०८१ मंसिर मसान्तसम्म खानेपानी उपभोक्ता संस्थालाई दर्ता र नविकरण गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका भवन निर्माण महाशाखाका प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले खानेपानी संस्थाको दर्ता र नविकरणबाट जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयनको सुरुवात गरेको उहाँको भनाई छ । खानेपानी उपभोक्ता संस्थाको शुझाब समेतलाई मध्यनजर गर्दै यही मंसिर मसान्तभित्र दर्ता र नविकरणको लागि आह्वान गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय