LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल उपमहानगरपालिकामा खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गरिने भएको छ ।

उपमहानगरपालिकाले जलस्रोत (उपयोग) पहिलो संसोधन ऐन, २०८१ को कार्यान्वयन गर्दै खानेपानी उपभोक्ता संस्थाको दर्ता र नविकरण गर्ने भएको हो ।

उपहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको अध्यक्षतामा बुटवलमा क्रियाशिल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले २०८१ मंसिर मसान्तसम्म खानेपानी उपभोक्ता संस्थालाई दर्ता र नविकरण गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका भवन निर्माण महाशाखाका प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले खानेपानी संस्थाको दर्ता र नविकरणबाट जलस्रोत उपयोग ऐन २०८१ को कार्यान्वयनको सुरुवात गरेको उहाँको भनाई छ । खानेपानी उपभोक्ता संस्थाको शुझाब समेतलाई मध्यनजर गर्दै यही मंसिर मसान्तभित्र दर्ता र नविकरणको लागि आह्वान गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय