LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवलको नवीन औद्योगिक कदरवहादुर रीता मा. वि. का प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ प्रदान गरिएको छ । काठमाडौँबाट अंग्रेजीमा प्रकाशन हुने कलेज रिडर्सले अस्ट्रेलिया नेसनल युनिभर्सिटी क्यानबेरामा बुधबार विभिन्न विधामा अवार्ड वितरण गर्नेक्रममा बस्नेतलाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ प्रदान गरेको हो ।

अंग्रेजीमा प्रकाशन हुने कलेज रिडर्स म्यागजिनले नेपालमा रहेका सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय, पब्लिक क्याम्पस, निजी क्याम्पस तथा निजी विद्यालयहरूका असल शैक्षिक अभ्यासहरू अन्तर्गत समयको माग अनुसार विश्व बजारमा अवलम्बन गरिएका असल अभ्यासहरू, नविनतम र सृजनशील कार्यहरुलाई सूचना र प्रविधिमा आधारित विवरण संकलन गरी प्रकाशन गर्ने कार्य अभियानको रुपमा गर्दै आएको छ ।

म्यागजिनले देशभरिबाट सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय, पब्लिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस र निजी तथा आवासीय विद्यालयहरूका अध्यक्ष, क्याम्पस प्रमुख र प्राचार्यहरू गरी १५ जनालाई व्यक्तिगत रूपमा र ३० जनालाई संस्थागत रुपमा अवार्डहरू वितरण गरेको जनाएको छ ।

त्यसैगरी सगरमाथा सेकेन्डरी बोर्डिङ्ग स्कुल देवदहका प्राचार्य कृष्णप्रसाद पौडेललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४, क्रिम्सन कलेज अफ टेक्नोलोजी बुटवललाई बेस्ट हेल्थ साइन्स एन्ड आइटी कलेज अवार्ड २०२४ र सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुल तिलोत्तमाका जीवन गुरुङलाई गुडविल उपलब्धि अवार्ड २०२४ प्रदान गरिएको छ ।

कलेज रिडर्सका प्रधान सम्पादक रामहरि सिलवालको अध्यक्षतामा केशव नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरूको तर्फबाट इन्जिनियर डाक्टर मिथलेश कुमार झा, रन्जना प्रधान, निशा भट्ट, प्राध्यापक इन्जिनियर हरि भण्डारी, डाक्टर शैलेन्द्र गिरी, राजन श्रेष्ठ र आनन्द यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय