LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको समर्थनमा विहिबार दिउँसो उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

रास्वपाका कार्यकर्ताहरुले मोटर साइकल र्यालीगर्दै बुटवल बजार परिक्रमा गरी भैरहवा पुगेका छन् । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधबार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहिबार पुनः बयानका लागि जिल्ला सरकार वकिलको कार्यलय उपस्थित गराइएको छ ।

रवि निर्दोष रहेको भन्दै रास्वपका कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजि गर्दै भैरहवा पुगेका हुन् । उक्त पार्टीका एक नेताले दिएको जानकारी अनुसार रविको बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।

पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यलयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र विहिबार पनि झन्डै १५ प्रश्न सोधिने अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय