LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४७ स्थापना दिवसमा उत्कृष्ट उद्योगी सम्मान, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदानसहितका विभिन्न कार्यक्रम गरी तीन दिन मनाउने भएको छ । २०३५ साल मंसिर १५ गतेदेखि औद्योगिक विकासमा निरन्तर क्रियाशील उद्योगीहरुको छाता संस्था रहेको संघले यही मंसिर १५ गते ४७ औं स्थापना दिवस मनाउँदै छ ।

संघले तीन दिने कार्यक्रममा १३ गते सघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी ब्याडमिन्टन प्रतियोगिता, १४ गते दीप प्रज्वलन, १५ गते बिहान रक्तदान तथा दिउँसो मूल समारोह कार्यक्रमको तयारी गरिएको संघका अध्यक्ष दिलिप सापकोटाले बताए । मूल समारोहमा विभिन्न क्षेत्रका अग्रज उद्ममी उत्कृष्ट उद्योगी सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान तथा छात्रवृत्ति वितरण गरिने उनले बताए ।

संघले गर्ने यी सबै कार्यक्रमका लागि फरक फरक संयोजनको जिम्मेवारी तोकिएको छ । अन्तर ब्याडमिन्टन प्रतियोगिताका लागि खेल संयोजक कार्यसमिति सदस्य बलबहादुर गोदार बाल्दर, उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको अध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय