LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सैनामैना, ८ मंसिर । सैनामैना नगरपालिका वडा नंं ११ बनकट्टी फूलपाती चोकमा ४१ बर्ष अघि लगाएको बरपिपलको विवाह गरिएको छ ।
शनिवार स्थानीय युवा र टोलबासीको समन्वय र नेतृत्वमा बरपिपलको विवाहका साथै चौपारी निर्माण समेत सम्पन्न गरिएको छ । ४१ बर्षअघि स्थानीय मोहनलाल अर्यालले बरपिपल लगाउनुभएको थियो ।
स्थानीय युवा हेमन्त घिमिरेले चौपारी निर्माण गरेर बरपिपलको विवाह गरिएको बताउनुभयो ।
चौपारी बनाउन करिव एकलाख ३० हजार रुपैया सहयोग संकलन भएको थियो भने श्रमदान समेत गरिएको छ ।
चौपारी वनाउन थोरै जग्गा अपुग भएपछि जनज्योति प्राविले पनि जग्गा दिएको हेमन्त घिमिरेले बताउनुभयो ।
कार्यक्रममा चन्दादाताहरुको नाम पढेर सम्मान गरिएको थियो भने चौपारी बनाउन श्रमदान गर्ने ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय