LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, ८ मंसिर । सैनामैना नगरपालिका वडा नंं ११ बनकट्टी फूलपाती चोकमा ४१ बर्ष अघि लगाएको बरपिपलको विवाह गरिएको छ ।
शनिवार स्थानीय युवा र टोलबासीको समन्वय र नेतृत्वमा बरपिपलको विवाहका साथै चौपारी निर्माण समेत सम्पन्न गरिएको छ । ४१ बर्षअघि स्थानीय मोहनलाल अर्यालले बरपिपल लगाउनुभएको थियो ।
स्थानीय युवा हेमन्त घिमिरेले चौपारी निर्माण गरेर बरपिपलको विवाह गरिएको बताउनुभयो ।
चौपारी बनाउन करिव एकलाख ३० हजार रुपैया सहयोग संकलन भएको थियो भने श्रमदान समेत गरिएको छ ।
चौपारी वनाउन थोरै जग्गा अपुग भएपछि जनज्योति प्राविले पनि जग्गा दिएको हेमन्त घिमिरेले बताउनुभयो ।
कार्यक्रममा चन्दादाताहरुको नाम पढेर सम्मान गरिएको थियो भने चौपारी बनाउन श्रमदान गर्ने ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय