LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लमजुङ जिल्लामा सम्पन्न प्रथम मेयर कप खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिजयी रुपन्देही जिल्लाका खेलाडीहरुलाई रुपन्देही तेक्वान्दो संघले सम्मान गरेको छ ।

सैनामैना नगरपालिका वडा नंं १० को सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले १४ जना खेलाडीहरुलाई फूलमाला लगाईदिएर प्रमाणपत्र र प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाले दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने रुपन्देहीबाट खेलाडीसहित टिमकोच, टिम म्यानेजर सिर्जना बुढाथोकी, रेफ्री र खेलाडी गरि ५२ जनाको सहभागिता रहेको थियो ।

बिजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गर्दै इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले खेल भनेको अनुशासनको प्रतिक हो भन्दै सामूहिक भावना, इच्छाशक्ती र सकारात्मक सोचको पनि प्रतिक हो भन्नुभयो । उहाँले खेलाडी एउटा खेलमा मात्रै पनि सहभागी हुँदा समाजको सवै आयाममा घुलमिल हुनसक्ने बताउँदै सोँचमा समेत सकारात्मक भावनाको सिर्जना हुने उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रम राष्ट्रिय तेक्वान्दो संघ रुपन्देहीकी उपाध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा काठमाडौं प्रथम हुन सफल भएको थियो भने मकवानपुरे टोली तेस्रो भएको छ भने चन्द्रागिरी टोली चौथो भएको थियो ।

लमजुङ जिल्लाको भोर्लेटारमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा १९ टीमबाट ४ सय ३४ जना खेलाडीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय