LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

लमजुङ जिल्लामा सम्पन्न प्रथम मेयर कप खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिजयी रुपन्देही जिल्लाका खेलाडीहरुलाई रुपन्देही तेक्वान्दो संघले सम्मान गरेको छ ।

सैनामैना नगरपालिका वडा नंं १० को सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले १४ जना खेलाडीहरुलाई फूलमाला लगाईदिएर प्रमाणपत्र र प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाले दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने रुपन्देहीबाट खेलाडीसहित टिमकोच, टिम म्यानेजर सिर्जना बुढाथोकी, रेफ्री र खेलाडी गरि ५२ जनाको सहभागिता रहेको थियो ।

बिजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गर्दै इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले खेल भनेको अनुशासनको प्रतिक हो भन्दै सामूहिक भावना, इच्छाशक्ती र सकारात्मक सोचको पनि प्रतिक हो भन्नुभयो । उहाँले खेलाडी एउटा खेलमा मात्रै पनि सहभागी हुँदा समाजको सवै आयाममा घुलमिल हुनसक्ने बताउँदै सोँचमा समेत सकारात्मक भावनाको सिर्जना हुने उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रम राष्ट्रिय तेक्वान्दो संघ रुपन्देहीकी उपाध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा काठमाडौं प्रथम हुन सफल भएको थियो भने मकवानपुरे टोली तेस्रो भएको छ भने चन्द्रागिरी टोली चौथो भएको थियो ।

लमजुङ जिल्लाको भोर्लेटारमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा १९ टीमबाट ४ सय ३४ जना खेलाडीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय