LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

काठमाण्डौ – भारतले अस्ट्रेलियालाई पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले हराएको छ । पर्थमा भएको खेलमा अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको छ । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो ।

भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया खेलको चौथो दिनको चिया समयपछि २ सय ३८ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै ८९ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले ३र३ विकेट लिए ।

दोस्रो पारीमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक तथा केएल राहुलले अर्धशतक बनाए । अस्ट्रेलियाका नाथन लायनले २ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।

यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।

यो जीतसँगै भारतले पाचँ खेलको शृङ्खलाको बोर्डर गभास्कर ट्रफीमा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो डिसेम्बर ६ देखि एडिलेडमा शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय