LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देही

। प्रत्येक वर्ष अन्नबाली लगाउने बेला किसानलाई मल र खादको अभाव हुन्छ । किसानको समस्यालाई सम्बोधन हुने गरि रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा आएको छ ।

रूपन्देहीका प्रतिष्ठित उद्योगी सिद्धार्थ अग्रवालले रत्नम दानेदार अग्रानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन । रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग संचालन गरेर सिद्धार्थ अग्रवालले मल उत्पादन गरि बजारमा ल्याएका हुन ।

‘माटोको उर्वराशक्ति बढाउने अर्गानिक मल तयार गरेका छौ ।’—उनले भने । नाइट्रोजन, फस्फोरस र पोटाशियम मुख्य तत्व मलमा रहेको उनले बताए । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले बताए ।

‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको छ ।’—उनले भने । सरकारबाट बिक्रि बितरण अनुमति पाए पछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ ।’—उनले भने । मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए ।

देशमा मलको हांहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ ।’— अग्रवालले भने । उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाच हुने गरेको छ । सरकारको आधिकारिक ल्याबमा परिक्षण पछिमात्र बजारमा पठाउने गरेको अग्रवालले बताए ।

ग्रो मोर फर्लाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले कोभिडको महामारीको समयमा मल अभाव हुदा गुणस्तरहिन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताईन ।

अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताईन । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ ।’— उनले भन्छिन्, । माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय रहेको उनले दाबी गरिन । ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ र शत प्रतिशत अर्गानिक छ ।’— अग्रवालले भनिन ।

नेपालसंगै भारतमा समेत निर्यात हुन थालेको छ । हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उनले बताईन । अग्रवाल भन्छन्, गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा पाएको बताईन ।

यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले बताईन । हाल उद्योगमा ४० जना स्थानिय युवाहरुले रोजगार पाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय